Logo

प्रचण्डले भावुक हुँदै भने,”मलाई मार्ने षड्यन्त्र गरियो”



Spread the love

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भावुक हुँदै आफूलाई मार्ने षड्यन्त्र भएको बताएका छन् । उनले भने,‘हिजोसँगै सहकार्य गरेका मेरै सचिवालयमा समेत बसेकाले मलाई मार्ने षड्यन्त्र गरेको माइनुट समेत भएको मलाई सूचना आएको छ ।’ वाइसिएल नेपालले नेकपाको कार्यालय पेरिसडाँडामा आयोजना गरेको सहिद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा प्रचण्डले  सो कुरा बताएका हुन् ।

प्रचण्डले विप्लव पार्टी समुहलाई प्रचण्डको नक्कल गरेर प्रचण्ड नहुने बताएका छन् । उनले भने,”साथीहरु कतिपयले प्रचण्डले यसो गरेर यस्तो भयो, म पनि अब यसै गर्छु भन्दै हिँडेको पनि भेटियाे, सजिलो छैन प्रचण्ड बन्न।” उनले आफू पनि प्रचण्ड बन्छु भनेर नहिँडेको तर जनताको काम गर्छु भनेर हिँड्दा हिँड्दै जनताले आफै उनलाई प्रचण्ड बनाइदिएको कुरा बताए।

कार्यक्रमा सहिदलाई अभिनन्दन गर्दै प्रचण्डले एउटै पार्टीको झण्डामूनि बसेर सहिद तथा वेपत्तालाई सम्मान व्यक्त गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताए । सोही कार्यक्रमा नेकपा नेता योगेश भट्टराईले दस वर्षे जनयुद्धले नेपालको जनवादी क्रान्ति पुरा गरेको बताए। जनताको विश्वास र समर्थन कामय गर्ने चुनौति नेकपासँग रहेको भन्दै उनले क्रान्तिका उकालीओराली पार गर्न दृढ भएर अगाडी बढ्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्