Logo

यस्तो देखियो बन्दको प्रभाव राजधानीमा (फोटो फिचर)



Spread the love

विप्लव नेतृत्वको नेकपाले आज नेपाल बन्दको आह्वान गरेको थियो । राजधानीमा बन्दको आंशिक प्रभाव देखिएको छ ।

निजी सवारी साधन निर्बाध चले तर सार्वजनिक सवारी साधन भने फाट्टफुट्ट मात्रै चलेका थिए । बजार लगभग पूर्ण रूपले खुले भने अधिकांश शैक्षिक संस्था बन्द रहेका थिए । बन्दकर्ता भने कतै थिएनन् ।

सार्वजनिक सवारी कम चल्दा यात्रुले सास्ती पाएका छन् । काठमाडौँबाट बाहिरिने लामो दुरीका सवारी साधन पनि पूर्ण रूपले सञ्चालन हुन सकेनन् । बन्दको कारणले आज बाटो खुल्ला रहेको थियो भने चोक-चोकमा सामान्य जाम रहेको थियो । आज देशका विभिन्न ठाउँमा गाडीमा आगजनी र शंकास्पद बस्तुहरू फेला परेका थिए ।

प्रतिक्रिया दिनुहोस्