Logo

युथ कनक्लेभ : युट्युबर सिसन बानियाँले ‘प्यासन देखी प्रोफेसन सम्म’ शिर्षकमा बोल्दै



Spread the love

काठमाडौँको प्रज्ञा भवनमा यही चैत्र ५ गते हुन लागेको “काठमाडौँ युथ कनक्लेभ-२०७५” मा लोकप्रिय युट्युबर सिसन बानियाँ वक्ताको रुपमा आउने भएका छन् । उनले ‘प्यासन टू प्रोफेसन : थिङ्किङ आउट अफ द बक्स’ शिर्षकमा आफ्नो सफलताको कथा प्रस्तुत गर्ने छन् ।

सिसन बानियाँ, नेपाली युट्युब दुनियाँको एउटा यस्तो नाम हो, जसले युट्युबर प्रोफेसनलाई पुनःपरिभाषित गरिदियो । आफ्नो प्यासनलाई कसरी प्रोफेसन बनाउँदै सपनाको जिन्दगी बाँच्न सकिन्छ भन्ने विषयमा उनले आफ्नो प्रस्तुति दिनेछन् ।

उनी र उनी जस्तै अन्य युवा सफलताको कथा सारा युवाहरूमाझ पुर्याउन पनि कनक्लेभको आयोजना हुन लागेको हो ।

कार्यक्रममा युवा नेता योगेश भट्टराईको प्रमुख आतिथ्यता रहनेछ भने नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह, प्रधानमन्त्रीका सूचना प्रविधि सल्लाहकार असगर अलि, राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का, युट्युबर सिसन बानियाँ, मिस नेपाल २०१८ शृङ्खला खतिवडा, ज्योति ग्रुपका निर्देशक तथा स्याकार ट्रेडिङ कम्पनीका अध्यक्ष सौरभ ज्योति, हाँस्य कलाकार सन्दीप क्षेत्रीलगायतले प्रस्तुति राख्नेछन् ।

साथै, कार्यक्रममा स्वप्न सुमनको साङ्गीतिक प्रस्तुति, खाना स्टल, गेमजोन तथा विद्यार्थीका प्रस्तुति लगायत पनि रहनेछन् ।

युनिभर्सल कलेज, न्यु समिट कलेज, अपोलो इन्टरनेशनल कलेज, काठमाडौँ मोडेल कलेज तथा हिमालयन कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो । यी सम्पूर्ण कलेज केएमसी नेटवर्क अन्तर्गत रहेका छन् ।

कनक्लेभबाट युवालाई नेतृत्व, व्यवस्थापन र औद्योगिक सीपमा मद्दत पुग्ने रिपोटर्स क्लबमा आज आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ । देशमा ख्याति प्राप्त, अनुभवी तथा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्तिहरूले युवा विद्यार्थीलाई अभिप्रेरित र दिशानिर्देश गर्नेछन् ।

यसमा करिब ३ हजार युवायुवतीहरूको सहभागी रहने आयोजकले विश्वास लिएको छ । कनक्लेभ बिहान १० बजे देखि बेलुकी ५ बजेसम्म सञ्चालन हुनेछ ।

कनक्लेभमा राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्कालाई देशको गौरवलाई विश्वसामु पुर्‍याउन गरेको योगदानको कदरस्वरुप एक लाख नगद रुपैयाँ सहित सम्मान गरिने कार्यक्रमका संयोजक राजु टण्डनले सल्लेरी खबरलाई बताएका छन् ।

भायनेट, ई-सेवा, अभियान, नेसटल, काठमाडौँ लर्निङ्ग सेन्टर, एनएमबी बैङ्क, कोकाकोला, गोल्डस्टार, टेक्नोभाइटिभ सोलुसनको सहयोगमा कार्यक्रम आयोजना हुन लागेको हो । कार्यक्रमको अफिसियल मिडिया पार्टनर अन्नपूर्ण पोस्ट र सल्लेरी खबर रहेका छन् भने कार्यक्रमको प्रत्यक्ष प्रसारण न्युज २४टेलिभिजनबाट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्