Logo

आँधी पीडितलाई आधा महिनाको तलब दिने बाबुरामको घोषणा



Spread the love

१९ चैत, काठमाडौँ । नया शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले बारा–पर्साका आधिहुरीमा परेका पिडितहरुको उद्धार, राहत र पुनसर््थापनामा तन, मन र धनले लाग्न पार्टी पंक्तिलाई आह्वान गरेका छन् ।

डा. भट्टराईले पार्टीपंक्तिमा तीन बुँदे सर्कुलर जारी गर्दै भनेका छन् ‘बारा–पर्सामा भीषण आँधिबेहरीले पुर्याएको अकल्पनीय क्षतिप्रति हाम्रो पार्टी अत्यन्त दुस्खित छ र विपत्तिमा परेका जनताको उद्धार, राहत र पुनर्स्थापनामा सम्पूर्ण पार्टीपंक्ति तन, मन र धनले लागी पर्न जरूरी छ ।’

‘मैले व्यक्तिगत रूपमा प्रतिनिधिसभा सदस्य बापतको आफ्नो आधा महिनाको तलब प्रदान गर्नेछु,’ उनले सर्कुलरमा भनेका छन् ।

संयोजक डा. भट्टराईले प्रभावित क्षेत्र वरपरका जिल्ला र प्रदेशका पार्टी युनिटहरुलाई उद्धार र राहतमा सक्रियतापूर्वक लाग्न निर्देशन दिएका छन् । साथै राहत र पुनसर््थापनाको निम्ति पार्टीका सबै सदस्यहरूले आआफ्नो हैसियत अनुसार आर्थिक सहयोग सिधै वा आआफ्नो कमिटी मार्फत् पार्टीको केन्द्रीय खातामा पठाउन भट्टराईले आह्वान गरेका छन् ।

उक्त जम्मा भएको रकमलाई एकमुष्ठ रूपमा २ नम्बर प्रदेशका मुख्यमन्त्रीको राहतकोषमा पठाइने जानकारी भट्टराइले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्