Logo

नेपाल बार एसोसिएसनको मतगणना : लोकतान्त्रिक समूहको अग्रता कायमै



Spread the love

२० चैत, काठमाडौं । नेपाल बार एसोसिएसनको नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारि छ । अहिले सम्मको मतगणना अनुसार अध्यक्षका प्रत्यासी चण्डेश्वर श्रेष्ठ र सुनिल पोखरेलबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।

लोकतान्त्रिक समूहका पोखरेलले ७८ मतले अग्रता लिएका छन् । निर्वाचन समितिका शिव रिजालले दिएको  जानकारी अनुसार गएरातिसम्म पोखरेलले १ हजार ४ सय ३१ र श्रेष्ठले १ हजार ३ सय ५३ मत पाएका छन् ।

यसैगरी महासचिवमा पनि लोकतान्त्रिक प्यानलकै लिलामणि पौडेल प्रगतिशिल प्यानलका सुरेन्द्र थापाभन्दा १३९ मत अन्तरले अगाडि छन् भने पौडेलले १ हजार ४ सय ३२ र थापाले १ हजार २ सय ९३ मत पाएका छन् ।

अब कैलाली, कञ्चनपुर, नेपालगञ्ज, सुर्खेत, दाङ घोराही र काठमाडौं उपत्यकाको मत गणना सुरु हुन बाँकी छ । मत गणना बुधबार बिहान ९ बजेबाट पुनः सुरु हुने छ ।

केन्द्रीय कार्यसमितिका लागि देशभरिका ३५ मतदान केन्द्रमा शनिबार मतदान भएको थियो । एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, एक महिला उपाध्यक्ष र सातै प्रदेशबाट एक/एक गरी आठ उपाध्यक्ष तथा १४ केन्द्रीय सदस्यका लागि निर्वाचन भएको थियो ।

निर्वाचन समितिका अनुसार २५ सदस्यीय कार्यसमितिको लागि ६३ जनाले उम्मेदवारी दर्ता गराएका थिए । नेपाल बार एसोसिएसनका देशभर १० हजार ३१३ मताधिकार प्रयोग गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्