Logo

वाइडबडी प्रकरणमा अब विदेशी कम्पनीसँग पनि बयान लिने



Spread the love

२० चैत, काठमाडौं । वाइडबडी जहाज प्रकरणका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ जनासँग बयान लिएको छ ।
संसदमा सांसदले उठाएका प्रश्नको उत्तर दिँदै अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले वाइडबडीका सम्बन्धमा धमाधम बयान लिने काम भइरहेको जानकारी दिए ।

‘नेपाल वायुसेवा निगमका पदाधिकारी र सदस्यसहित २१ जनासँग बयान सकिएको छ,’ उनले भने, ‘वाइडबडी जहाज प्रकरणमा जोडिएका पाँच विदेशी कम्पनीलाई बयानका लागि बोलाइएको छ ।’

प्रमुख आयुक्त घिमिरेले सार्वजनिक सुचना जारी गरी आयरल्याण्ड डब्लिनको हाई फ्लाई एक्स लिमिटेड, अमेरिकाको एएआर इन्टरनेसनल, जर्मनीमा जर्मन एभिएसन क्यापिटल, पोर्चुगलको हाई फ्लाई एरोज पोर्चुगल र जर्मनीकै नटर्न रोज फुलब्राइटलाई बयानका लागि बोलाएको र उनीहरुलाई १५ दिनभित्र उपस्थित हुन निर्देशन गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्