Logo

२० हजार नयाँ कर्मचारी भर्ना गर्न सरकारको गृहकार्य सुरु



Spread the love

२१ चैत काठमाडौंं । सामान्य प्रशासन मन्त्रालयले करिब २० हजार नयाँ कर्मचारी भर्ना गर्न गृहकार्य अघि बढाएको छ । कर्मचारी समायोजन पुरा भएपछि घटीमा १५ र बढीमा २० हजार नयाँ कर्मचारी आवश्यक रहेको भन्दै सामान्य प्रशासन मन्त्रालयले सो तयारी अघि बढाएको हो ।

आगामी आर्थिक वर्षको सुरुबाटै नियुक्ति गर्ने गरी कर्मचारी भर्नाको गृहकार्य अघि बढाएको सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जानकारी गराए । संविधानमा प्रदेश लोकसेवा आयोग नबनेसम्म सङ्घीय लोकसेवाले नै कर्मचारी भर्ना गर्ने प्रावधान रहेको छ ।

मन्त्रालयका अनुसार वैशाख सम्ममा अपुग दरबन्दीको विवरण निकालिने छ । ‘छोटो प्रक्रियाबाट यही आर्थिक वर्षभित्रै कर्मचारी नियुक्ति गर्ने छौँ । नयाँ आर्थिक वर्ष साउन १ गतेदेखि कर्मचारी भर्ना गर्ने तयारी गरिरहेका छौँ ।’ मन्त्री पण्डितले भने । कतिपय प्राविधिक पदका कर्मचारी करारमा भए पनि नियुक्त गर्ने पनि मन्त्रालयले जनाएको खबर नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्