Logo

जिल्ला सभापतिहरुको निर्णय फेस गर्न तयार छु : सभापती देउवा



Spread the love

२१ चैत विराटनगर । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काङ्ग्रेसका जिल्ला सभापतिहरूको बैठकको निर्णय आफू फेस गर्न तयार रहेको बताएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसित सभापति देउवाले जिल्ला सभापतिले गरेको निर्णय आफूले फेस गर्ने दृढता प्रकट गरेका हुन्।

उनले ५१ जिल्ला सभापति भेला भएको कुरा अस्वीकार गर्दै थोरै मात्र भेला भएको दाबी गरे । सभापति देउवाले न्याय परिषद्को निर्णय राजनीतिभन्दा बाहिरको हुनु पर्ने आग्रह गरे । देउवाले न्याय परिषद्ले न्यायाधीश नियुक्ति गर्दा राजनीतिक निर्णय भन्दा बाहिर रहेर गर्नुपर्ने आग्रह गरेका हुन्।

विभिन्न आयोगको प्रमुखको नियुक्तिमा विवाद आइरहेका बेला काङ्ग्रेस चुप लागेर नबसेको र पार्टीका तर्फबाट काम गरिरहेको दाबी गरे।

प्रतिक्रिया दिनुहोस्