Logo

बारमा वाम वर्चस्व



Spread the love

२२ चैत काठमाडौं । नेपाल बार एशोसिएसनमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट कानून व्यवसायी विजयी भएका छन् । २५ सदस्यीय कार्यसमितिमा अध्यक्ष सहित २३ जना प्रगतिशिल समुह निर्वाचित भएको छ ।

३ वर्षे कार्यकालको २५ सदस्यीय कार्यसमितिमा वाम–प्रगतिशिल समुहले अध्यक्ष सहित ७ उपाध्यक्ष, कोषाध्यक्ष र १४ सदस्य निर्वाचित भएका छन् । विहीवार अपरान्ह्र सार्वजनिक भएको मत परिणाम अनुसार प्रगतिशिल समुहका चन्डेश्वर श्रेष्ठ ४ हजार २२ मतका साथ अध्यक्षमा विजयी भएका छन । उहाँका निकटतम प्रतिद्धन्द्धी लोकतान्त्रिक समुहका सुनिल पोखरेलले ३ हजार ८ सय ७३ मत प्राप्त गर्नुभयो ।

महासचिव र प्रदेश ५ को उपाध्यक्षमा भने लोकतान्त्रिक समुहले जितेको छ । लोकतान्त्रिक समुहका लीलामणि पौडेल ४ हजार १ सय ७८ मतका साथ महासचिवमा विजयी हुनु भएको छ भने उहाँका प्रतिद्धन्द्धी प्रगतिशिलका सुरेन्द्र बहादुर थापाले ३ हजार ७ सय १ मत पाउनु भएको छ । प्रदेश ५ को उपाध्यक्षमा सुनिल कुमार श्रेष्ठ ३ हजार ९ सय ८६ मतका साथ विजयी हुनु भएको छ । उहाँका प्रतिस्पर्धी प्रगतिशिलका लिलाधर मरासिनीले ३ हजार ८ सय ५७ मत प्राप्त गर्नु भएको छ ।

२०१३ सालमा स्थापना भएको एशोसिएसनमा लामो समय कांग्रेस निकट वकिलको वचस्य रहँदै आएको थियो । तत्कालिन एमाले र माओवादी एकताले यसपटक वामपन्थी प्यालन बलियो भएको बार निर्वाचन अघि नै आंकलन गरिएको थियो । तर सत्तारुढ निकट कानून व्यवसायी भित्रभित्रै विभाजित हुँदा विजयी श्रेष्ठले अपेक्षाकृत मत प्राप्त नगर्नु भएको चर्चा समेत हुन थालेको छ ।

निर्वाचनको अन्तिम परिणाम अनुसार ७ वटै प्रदेशमा क्रमशः मानबहादुर रुम्दाली, रामचन्द्र सिंह, ईश्वरीप्रसाद भट्टराई, सुरेन्द्र थापा मगर, सुनिलकुमार श्रेष्ठ, मिनबहादुर महत र उमेशप्रसाद बिष्ट निर्वाचित हुनु भएको छ । खुला क्षेत्रबाट उपाध्यक्षमा रक्षा वस्याल र कोषाध्यक्षमा रुद्रप्रसाद पोखरेल निर्वाचित हुनु भएको छ । सदस्यहरुमा (दलित) मोहन साशंकर, (मधेशीरमुश्लिम) उपत्यका वाहिरबाट पंचनारायण मण्डल, (मधेशीरमुश्लिम) खुलाबाट वीरेन्द्रकुमार ठाकुर, (आदिवासीर जनजाति) उपत्यका बाहिरबाट विनाकुमारी सिंह (चौंधरी) विजयी हुनु भएको छ ।

त्यसैगरी (आदिवासी–जनजाति) खुला तर्फ बद्रीनारायण नगरकोटी, महिला (उपत्यका बाहिर) कल्पनाकुमारी भण्डारी, महिला खुलातर्फ अन्जु कायस्थ र डा. शिवराज पण्डित निर्वाचित हुनु भएको छ । अन्य ६ जना सदस्यमा गंगासागर खत्री, भीमसेन वन्जारा, भुवनप्रसाद निरौला, प्रकाश महर्जन, बालकृष्ण गैरे र खिमानन्द अधिकारी रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्