Logo

आर्थिक वर्ष सकिनैलाग्दा गाउँपालिकाले किन्यो ८८ लाखको गाडी



Spread the love

२२ चैत, धनगढी । आर्थिक वर्ष सकिन करीब तीन महीना मात्र बांँकी रहेका बेला कैलालीको जानकी गाउँपालिकाले विकास निर्माण तथा अन्य कार्यक्रम कार्यान्वयनलाई प्राथमिकता दिनुको सट्टा ८८ लाख ७८ हजार रूपैयाँ बराबरका गाडी खरीद गरेको छ ।

गाउँपालिकाको यस्तो कार्यप्रति स्थानीयवासीले जनप्रतिनिधि विकास निर्माणमा अग्रसरभन्दा पनि सुविधाभोगी भएको आरोप लगाएका छन् ।

गाउँपालिकामा हाल एक थान गाडी हुँदाहुँदै नयाँ गाडी खरीद गरेपछि स्थानीयवासीले त्यसको आलोचना गरेका छन। गाडी खरीद गर्नुभन्दा सामाजिक कार्यमा प्रयोग हुने एम्बुलेन्स, दमकलजस्ता उपकरण खरीद गर्दा सम्पूर्ण गाउँपालिकावासी नै लाभान्वित हुने सरोकारवालाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्