Logo

प्रधानमन्त्री ओलीले भने नेपाली काँग्रेस ‘घण्टाकर्ण’ जस्तो



Spread the love
फाइल तस्बिर

३ वैशाख, नेपालगञ्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेस ‘घण्टाकर्ण’ जस्तो भएको आरोप लगाएका छन् । यसअघि उनले काँग्रेसलाई ‘नन्दीभृंगी’को उपमा दिएका थिए । काँग्रेसले अरूका कुरा नसुनियोस् भनेर कानमा ठुल्ठुला घण्ट झुन्ड्याएर हिँडेको ओलीले कथन रहेको थियो ।

भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ उद्घाटनका लागि मङ्गलवार नेपालगन्ज हुँदै सुर्खेत पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले बाँकेमा नेकपाका अगुवा कार्यकर्ताहरूलाई सम्बोधन गर्ने क्रममा यस्तो आरोप लगाएका हुन् ।

ओली मङ्गलवार नै काठमाडौँ फर्किने कार्यक्रम भए पनि मौसमको खराबीका कारण नेपालगन्जस्थित सेनाको ब्यारेकमा बास बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्