Logo

गुगल प्लेस्टोरबाट ‘टिक–टक’ हटाइयो



Spread the love

४ बैशाख, काठमाडौं ।

भारतको मद्रास उच्च न्यायालयले भिडियो एप्स ‘टिक–टक’माथि प्रतिबन्ध लगाएपछि अदालतको आदेशसँगै म‌ंगलबार नै गुगल प्लेस्टोरबाट ‘टिक–टक’ हटाइएको छ।

‘टिक–टक’मा विशेष इफेक्टका साथ भिडियो बनाएर र शेयर गर्न मिल्ने ‘टिक–टक’ले बालबालिकामाथि असर परेको भन्दै अदालतले यसमा रोक लगाउने निर्णय गरेको हो।

टिकटक गत वर्ष विश्वभरी सर्बाधिक संख्यामा डाउनलोड भएको एप हो । भारतमा यसका करोडौं प्रयोगकर्ता छन् । गत मार्चमा मात्रैआठ करोड ८६ लाख भारतीय प्रयोगकर्ता थपिएको एक अध्ययनले देखाएको छ ।

पहिल्यै यो एप डाउनलोड गरेकाहरुले भने चलाउन सक्नेछन् । तर, नयाँ डाउनलोड गर्न सकिनेछैन ।

प्रतिक्रिया दिनुहोस्