Logo

नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री अधिकारीको २० औं स्मृति दिवस मनाइँदै



Spread the love

१३ बैशाख,काठमाण्डौ

नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री तथा नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको आज २० औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

नेता अधिकारीको हरेक वैशाख १३ गते स्मृति दिवस मनाउने गरिन्छ । अधिकारीको स्मृतिमा आज नेपाल कम्युनिष्ट पार्टी नेकपाले स्मृति एवं श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ ।

विसं १९७८ सालमा काठमाण्डौमा जन्मेका अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो । लामो राजनीतिक संघर्षको क्रममा उनले १७ वर्ष जेल जीवन बिताएका थिए ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्यसमेत रहेका अधिकारी २०५१ को मध्यावधि निर्वाचनपछि प्रधानमन्त्री बनेका थिए । ९ महिना सम्म नेपालको प्रधानमन्त्री भएका अधिकारी बृद्धबृद्धालाई भत्ता दिने र आफ्नो गाउँ आफैं बनाऔं लगायतका कार्यक्रमका कारण लोकप्रिय भएका थिए ।

प्रतिक्रिया दिनुहोस्