Logo

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उम्मेदवारी दर्ता



Spread the love

१३ वैशाख, नयाँ दिल्ली ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आसन्न आम निर्वाचनका लागि बनारसको एक निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका छन् ।

सो दर्ताका लागि उक्त क्षेत्रमा विभिन्न २८ राजनीतिक दलको सहभागिता रहेको थियो । भारतीय सत्तापक्षीय राजनीतिक गठबन्धनमा ती दलहरु रहेका छन् । उम्मेदवारी ती दलहरुले संयुक्त रुपमा दर्ता गराएका हुन् ।प्रधानमन्त्री मोदीले दर्ता गर्ने बेलामा ती २८ ओटै गठबन्धन राजनीतिक दलका नेताहरु पनि सहभागी भएका थिए ।

उक्त निर्वाचन क्षेत्रमा आगामी मे १९ मा मतदान हुन गइरहेको छ । आगामी चरण निर्वाचनको अन्तिम तथा सातौँ चरण हो । उक्त चरणको निर्वाचन आगामी मेको ११, १८ र १९ तारिखमा हुने कार्यक्रम छ । सो अन्तिम चरणको निर्वाचन सम्पन्न भएको चार दिनपछि अर्थात् मे २३ मा निर्वाचन परिणाम घोषणा गर्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्