Logo

रेलवे ट्र्याकमा सेल्फी लिन खोज्दा मूत्यु



Spread the love

१८ वैशाख,काठमाडौँ l  भारतको अलिगढबाट चार जना युवाहरु घुम्न जाँदा हरियाणाको पानीपत पार्क नजिकको रेलवे ट्र्याकमा सेल्फी लिन खोज्दा मूत्यु भएको छ l सेल्फी लिन खोज्दा यात्रुवाहक रेलले उनीहरुलाई ट्र्याकमै किचेको हो l

 

चार जना व्यक्ति मध्ये एक व्यक्ति चलाखी पुर्वक ट्र्याकबाट बाहिर निस्किकाले बच्न सफल भए भने अरु तीन युवाहरुको त्यहि रेलवे ट्र्याकमा आफ्नो ज्यान गुमाए l उनीहरु नातेदारका विवाहमा सामेल हुन पानीपत पुगेका थिए l

त्यहाँका प्रत्यक्षदर्शीका अनुसार उनीहरु आधा घन्टाभन्दा बढी रेलवे ट्र्याकमा घुम्दै फोटो खिच्दै थिए त्यसै क्रममा पछाडिबाट आइरहेको रेलले उनीहरुलाई किचेको हो l त्यहाँबाट आफ्नो ज्यान बचाउन सफल भएका व्यक्ति पनि आफ्ना साथीहरुको शव देखेपछि बेहोस् भएका छन् ।

प्रतिक्रिया दिनुहोस्