Logo

बिराटनगरमा बसको ठक्‍करबाट मोटरसाइकल चालकको मृत्यु



Spread the love

२३ वैशाख,बिराटनगर ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको १ ख २१४२ नम्बरको बसले विपरित दिशातर्फ जाँदै गरेको मे १० प ६२११ नम्बरको मोटरसाइकललाई मोरङको सुन्दरहरैंचा नगरपालिका-८ सलकपुरमा ठक्‍कर दिंदा दुर्घटना भई मोटरसाइकल चालकको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका झापाको मेचीनगर नगरपालिका-२ का २६ वर्षीय जीवन राई हुन् । जसको उपचार कै क्रममा नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो । राईको मूत्यु पश्चात बस र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्