Logo

बुटवलको विद्यालयमा सिस्मोमिटर यन्त्र जडान



Spread the love

२४ वैशाख,बुटवल l बुटवलको न्यू होराइजन बोर्डिङ स्कुलमा भूकम्पमापन गर्ने यन्त्र सिस्मोमिटर जडान गरिएको छ । विद्यालयमा भूकम्प शिक्षा कार्यक्रमअन्तर्गत सिस्मोमिटर जडान गरिएको हो ।

यस सिस्मोमिटर देशभर २२ वटा विद्यालयमा जडान गरिँदैछ जस मध्ये बुटवलको बोर्डिङ स्कुल पनि एक हुन् । स्विजरल्याण्डको लुजान विश्व विद्यालयले एक लाख रुपैयाँ मूल्य पर्ने सिस्मोमिटर विद्यालयलाई निःशुल्क उपलब्ध गराएका हुन् ।

यस यन्त्रले विश्वभरको ८ म्याग्निच्युटसम्मको भूकम्प मापन गर्न सक्दछ । स्वीजरलयाण्डमा भूकम्प विज्ञानमा विद्यावारिधि गर्दै गरेका वैज्ञानिक अध्यक्ष शिव सुवेदीले ०७२ भन्दा अझ बढी शक्तिशाली भूकम्प नेपालको पश्चिम तर्फबाट आउने र यसबाट बच्न कुनै उपाय नभएको बताए।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले भूकम्पको जोखिमबाट बच्न जनचेतना फैलाउन जरुरी रहेको बताए भने न्यू होराइजनका प्राचार्य लोकनाथ उपाध्यायले भूकम्प मापन यन्त्र जडानबारे शिक्षक–शिक्षिकालाई तालिम दिइएको समुदायमा सचेतना फैलाउने बताए ।

प्रतिक्रिया दिनुहोस्