Logo

ट्राफिक प्रहरीलाई हेल्मेट प्रहार गरी भाग्ने व्यक्ति चोरीको मोटरसाइकलमा सवार रहेको खुलासा



Spread the love

२६ वैशाख, काठमाडौँ । गोकर्णेश्वर नगरपालिका–९ आरुबारीमा चोरी भएको बा७८प ४८२० नम्बरको मोटरसाइकलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ बसुन्धारा बस्ने दोलखा देउराली गाउँपालिका–८ का २२ वर्षीय मोहनलाल श्रेष्ठ रहेका छन् । उक्त मोटरसाइकलमा तीन जना सवार गरेको अवस्थामा रोकी चेकजाँच गर्ने क्रममा दुई जनाले चेकिङमा रहेका प्रहरीलाई हेल्मेट प्रहार गरी भागेको र चालक श्रेष्ठलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त मोटरसाइकल चोरीको रहेको खुल्न आएको प्रहरीले बताएको छ । साथै फरार दुई जनाको खोजी भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्