Logo

प्रहरीद्वारा छुरा प्रहार गर्ने दुई युवकलाई पक्राउ



Spread the love

 

 २७ वैशाख,लहान ।सिरहामा एक युवकमाथि छुरा प्रहार गरिएको छ । आफ्नो कामका लागि लहान आएका धनुषाको जनकपुर उपमहानगरपालिका–२१ निवासी २१ वर्षीय राजुकुमार साहमाथि छुरा प्रहार गरिएको आरोपमा सोहि स्थानका नगरपालिका–८ निवासी २० वर्षीय राजु पासवान र १९ वर्षीय दिपेस यादवलाई पक्राउ गरेको हो ।

प्रहरी नायब उपरीक्षक माधवराज खरेलका अनुसार पक्राउ परेका दुई युवालाई इलाका प्रहरी कार्यालय लहानमा राखी आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्