Logo

आफ्नै श्रीमान्‌काे बिहेमा श्रीमती बनिन् दिदी



Spread the love

 

२७ वैशाख, सिन्धुपाल्चोक ।हाम्रो समाजमा यस्तो घटना सम्म घट्छन् की सुन्दा जो कोहीलाई पनि अचम्म लाग्न सक्छ ।तर सिन्धुपाल्चोक मेलम्चीमा यस्तै घटना भएको छ जहाँ आफ्नै श्रीमान्‌काे बिहेमा श्रीमती बनेकी छिन् दिदी भने छोरा भान्जा बनेका छन् ।

सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ११ घर भएका ३५ वर्षीय वीरबहादुर स्याङतानले आफ्नै श्रीमतीलाई आफ्नो बिहेमा दिदी बनाएर जन्ती लागेका हुन् ।घरमा श्रीमती, दुई छोरी र एक छोरा हुँदाहुँदै रोजगारीका शिलसिलामा साउदी अरब गएको बेला स्याङतान एक महिलासँग फेसबुक मार्फत नजिकिन पुगेका थिए जसले गर्दा दुवैले बिहे गर्ने निर्णय लिएका थिए  । स्याङतानले आफ्नो प्रेम सम्बन्धबारे श्रीमतीलाई बताए । र श्रीमतीले श्रीमान्‌काे अगाडी केही नलाग्ने देखेपछि उनले दोस्रो विवाह गर्ने अनुमितदिएकी थिइन  । र वैशाख २३ गते बिहेको मिति तय भएको थियो । विवाहका लागी स्याङतान श्रीमती, नाबालक छोरा, भान्जी र दिदिलाई साथै लिएर जन्तीको रूपमा रौतहट आएका थिए  । उनले श्रीमतीलाई दिदी र नाबालक छोरालाई भान्जाको साईनो दिएका थिए । तर भान्जा बनाइएको छोराले बुवा भनेर बोलाए पछि स्थानियलाई शङ्का लागेर बेहुलासंग केरकार गर्दा रहस्य खुलेको थियो  ।

घटनापछि केटीले बिहीबार इलाका प्रहरी चन्द्रनिगाहपुरमा बहुविवाहको निवेदन दिएकी छिन् । बेहुली बन्न लागेकी महिलाले आफुलाई स्याङतानले घरमा आफ्नो श्रीमती र सन्तानहरूका बारेका  कुरा लुकाएको प्रहरीलाई बताएकी छिन् । घटना लगत्तै इलाका प्रहरीले स्याङतानलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्