Logo

प्रहरीद्वारा घरेलु मदिरा नष्ट गरिदै



Spread the love

२९ वैशाख, बाजुरा। जिल्ला प्रहरी कार्यालयले सात महिनाको अवधिमा ठुलो परिणाम घरेलु मदिरा नष्ट गरेको छ ।

प्रहरीले सात महिनाको अवधिमा अबैधरूपमा बेच्न राखिएका १४ हजार ६६० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।जिल्लामा हुने अपराधबारे अनुसन्धान गर्दा अवैधरूपमा मदिरा उत्पादन र सेवनलाई विकृतिको मुख्य कारकको रूपमा रहेको पाइएकाले मदिरा उत्पादन र सेवनलाई निरुत्साहित गर्ने अभियान सञ्चालन गरी विभिन्न ठाउँमा रहेका प्रहरी चौकीको सक्रियतामा उक्त  मदिरा बरामद गरी नष्ट गरिएको प्रहरी प्रमुख डिएसपी उद्धवसिंह भाटको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्