Logo

प्रतिबन्धित भारु नोटसहित ५ जना नेपाली पक्राउ



Spread the love

३० वैशाख, काठमाडौँl प्रहरी टोलीले आज प्रतिबन्धित भारतीय रुपैयाँसहित ५ जना नेपालीलाई पक्राउ गरेको छ l

पक्राउ पर्नेमा दोलखाका रामविक्रम खड्का, कास्कीका सन्तोष थापामगर, धादिङका शम्भु परियार, काभ्रेपलान्चोकका धनध्वज तामाङ र राजेन्द्र घिसिङ रहेका छन् ।

महानगरीय प्रहरी परिसरको टोलीले प्रतिबन्धित नोटको अवैध कारोबार भैरहेको भन्ने सूचनाको आधारमा ठमेलको ब्लु-मुन होटलबाट १६ लाख भारुसहित ५ जनालाई पक्राउ गरेको परिसरका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्