Logo

प्रहरीद्वारा ११ हजार अवैध मदिराको नष्ट



Spread the love

३० वैशाख, काठमाडौँ l महानगरीय प्रहरी वृत्त बौद्ध र प्रभाग कपनको संयुक्त टोलीले विभिन् स्थानबाट करिब ११ हजार जतिको अवैध घरेलु मदिरा नष्ट गरेको छ । त्रिवेणीचोक लगायतका विभिन्न स्थानबाट मदिरा बरामद गरी नष्ट गरेको हो ।

वृत्त बौद्धका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार घरेलु मदिरा तथा अवैध मदिरा बनाउन प्रयोग गरिने भाँडासमेत फेला पारिएकोले स्थानीय बासिन्दा, वडा प्रतिनिधिको रोहबरमा नष्ट गरिएको बताए l अन्य ठाउँमा भन्दा काठमाडौँको बौद्ध क्षेत्रमा बढी घरेलु मदिरा उत्पादन हुने गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्