Logo

वीरगन्जमा दुईजना युवती झुण्डिएको अवस्थामा मृत फेला



Spread the love

३० वैशाख,वीरगन्ज l वीरगन्जमा एकै दिन दुईजना युवती झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। छिपहरमाईको गाउँपालिका वडा नम्बर ३ बस्नेमा २२ वर्षीया बिन्दा देवी मुखिया र सोही गाउँपालिका वडा नम्बर २ का २० वर्षीया सन्तोषी महतो भुण्डिएको अवस्थामा मृत शरीर फेला पारिएको हो l

गत आइतबार राति मुखियाले घरमा कोही नभएको मौका छोपी फ्यानमा सलको पासो लगाई झुण्डीएकी हुन् भने अर्की युवती आफ्नै घरको अम्बाको रुखमा सारीको पासो लगाई झुण्डीएको अवस्थामा मृतक फेला परेको प्रहरीले बताएको छ l

प्रतिक्रिया दिनुहोस्