Logo

बलात्कारको अभियोगमा १ जना पक्राउ



Spread the love

१ जेठ ,भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले बलात्कार गरेको अभियोगमा १ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–२ सल्लाघारी बस्ने १८ वर्षीय विजय भुजेल रहेका छन् ।
सल्लाघारी बस्ने पन्ध्र वर्षीया किशोरीलाई डर धम्की दिई पटक पटक बलात्कार गरेको अभियोगमा पीडित किशोरीकी आमाले जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका भुजेललाई हिरासतमा राखेर जबरजस्ती करणीको अभियोगमा मुद्दा दायर गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्