Logo

काठमाडौँमा लागूऔषध सहित १ जना पक्राउ



Spread the love

२ जेठ, काठमाडौँ l काठमाडौँमा प्रहरीले लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका- १ सानो गौचरण बस्ने ३५ वर्षीय सुरज ढकाल रहेका छन् l

ढकालको कोठा खानतलासी गर्ने क्रममा लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ९५.३९ ग्राम, तौल गर्ने मेशिन १ थान, लागूऔषधको कालो धुलो ५ ग्राम, नगद ४५ हजार रुपैयाँ र मोबाइल २ थान सहित  फेला पारी महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट संयुक्त रुपमा खटिएको प्रहरीले पक्राउ  गरेको हो ।

प्रतिक्रिया दिनुहोस्