Logo

गण्डकी प्रदेशसभाको चौथो बजेट अधिवेशन जेठ १५ देखी शुरु



Spread the love

३ जेठ, काठमाडौँ । गण्डकी प्रदेशसभाको चौथो बजेट अधिवेशन यही जेठ १५ गतेदेखी शुरु हुने भएको छ ।

उक्त प्रदेशसभाको बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसँग अनुरोध गर्ने गण्डकी प्रदेश मन्त्रिपरिषद्ले निर्णय गरेको छ । यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रमका साथै आर्थिक बजेट पेश हुने भौतिक पूर्वाधार विकासमन्त्री एवं सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्