Logo

कांग्रेसप्रति आकर्षण बढ्यो, साढे ३१ हजार प्रवेश गरे : प्रवक्ता विश्वप्रकाश शर्मा



Spread the love

३० जेठ, काठमाडौं । नेपाली कांग्रेसले पहिलो चरणको जागरण कार्यक्रममा पार्टीप्रति आकर्षण र सरकारप्रति विकर्षण बढेको निष्कर्ष निकालेको छ ।

साथै दोस्रो चरणको अभियानअघि नै पार्टीको आन्तरिम संरचना निर्माण गर्नुका साथै नेविसंघ, तरुण दललगायतका पार्टी संगठन गठन गरिने बताएको छ ।

आजको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा ‘जिल्ला, क्षेत्र, गाउँनगर र वडास्तरमा गरेर दुई हजार कार्यक्रम भएका छन् । ३१ हजार ६४२ जना कांग्रेस पार्टीमा प्रवेश गरेको’ प्रवक्ता विश्वप्रकाश शर्माले बताएको छ l

सो पार्टी प्रवेश गर्नेमा बहुसंख्यक सत्तारुढ नेकपाका नेता-कार्यकर्ता रहेको भन्दै उनीहरुलाई प्रशिक्षण दिएर उचित जिम्मेवारी दिने शर्माले बताए ।

जागरण अभियानबारे असार दोस्रो सातासम्म प्रतिवेदन बुझाउने र असार तेस्रो साता केन्द्रीय कार्यसमितिको बैठक बसेर समीक्षा हुने उनले जनाए l

प्रतिक्रिया दिनुहोस्