Logo

विरोधको भावनाले जनता भड्काउन खोज्नु हुँदैन : प्रधानमन्त्री ओली



Spread the love

१ असार, काठमाडौँ l प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयकमा भूलवश केही गल्ती भएको भए सच्याउन सकिने बताएका छन् ।

युरोप भ्रमण सकेर आजै स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै
विधेयकमा केही गल्ती भएको भए आवश्यकताअनुसार सच्याउन सकिने बताएका हुन् ।

उनले गुठी विधेयकको विषयलाई लिएर विरोध र आन्दोलन गर्न खोजेको भन्दै असन्तुष्टी व्यक्त गरे । “विरोधको भावनाले जनता भड्काउन खोज्नु हुँदैन, अब जनता भड्किदैनन् पनि । कमजोरी भयो भने सरकारले सच्याइहाल्छ नि यो जनताकै सरकार हो, जनताप्रति प्रतिवद्ध भएर काम गर्छ ।” प्रधानमन्त्रीले भने ।

गत २५ गते युरोप भ्रमणका लागी गएका प्रधानमन्त्री आइतबार बिहान स्वदेश फर्केका हुन् l ओलीसहितको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरालगायतले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्