Logo

‘गुठी विधेयक फिर्ता नलिए सडकमा उत्रिने’



Spread the love

२ असार, काठमाडौँ l सांसद दिलेन्द्रप्रसाद बढूले गुठी विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । केही दिन अघि उक्त विधेयक छलफलका लागि राष्ट्रियसभामा पेस भएको थियोे ।

आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै काँग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले गुठी विधेयकको विरुद्धमा सडकमा चलेको आन्देलनको काँग्रेसले समर्थन गर्ने भन्दै विधेयक फिर्ता लिन सरकारसँग माग गरे ।

सांसद बडूले सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले एक कार्यक्रममा उक्त विधेयक फिर्ता नलिने अभिव्यक्ति दिएको भन्दै सोही विषयलाई लिएर काङ्ग्रेसले बैठकमा उठेर विरोध गरेका थिए ।

मन्त्री बाँस्कोटाले केही समय पहिले एक सार्वजनिक समारोहमा गुठी सामान्ती अवशेषको रूपमा रहेको धारणा प्रकट गरेको भन्दै सांसद बढूले दुई तिहाइको दम्भको उन्मादले वर्तमान सरकार धर्म, परम्परा, संस्कार, सम्पदा, संस्कृति र मौलिकता मास्न लागि परेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्