Logo

बालुवाटारमा गुठी विधेयकबारे छलफल



Spread the love

२ असार, काठमाडौँ l सरकारले सदनमा प्रस्तुत गरेको गुठी विधेयकको विरोधमा प्रदर्शन चर्केपछि त्यसलाई साम्य पार्न प्रधानमन्त्री केपी ओलीले सक्रियता देखाएका छन् l

गत आइतबार युरोपबाट स्वदेश आएका प्रधानमन्त्रीले गुठी विधेयकले संस्कृतिमाथि धक्का पुगेको छ भने विचार गर्न सकिने अभिव्यक्ति दिएकै भोलिपल्ट आजै बिहान यस सम्बन्धी भूमिसुधार मन्त्री पद्मा अर्यालसँग परामर्श गरेका थिए ।

सोमबार ३ बजे उपत्यकाबाट निर्वाचित नेकपाका सांसदलाई छलफलका लागि बालुवाटार बोलाएको थियो l आजै सरकारले गुठी विधेयक सम्बन्धी महत्वपूर्ण फैसला गर्ने दाबी नेताहरूले गरेका छन् ।

नेकपाका नेता योगेश भट्टराईले गुठी विधेयकका विषयमा प्रधानमन्त्रीले थप सक्रियता देखाएको र साँझसम्म राम्रो परिणाम आउने बताउँदै सामाजिक सञ्जाल ट्विटरमा धमिलो पानीमा माछा मार्न खोज्नेको भागमा भ्यागुतो मात्र हात लाग्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्