Logo

‘तत्कालका लागी गुठी विधेयक स्थगन’



Spread the love

३ असार, काठमाडौँ । गत सोमबार प्रधानमन्त्री ओलीसहितको छलफलमा काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गुठी विधेयक तत्कालका लागि स्थगन गर्नुपर्ने माग राखे l

प्रधानमन्त्री ओलीसहित नेकपासम्वद्ध उपत्यकाका जनप्रतिनिधिहरू र पार्टी अध्यक्षहरूसँग सोमबार गरेको छलफलमा मेयर शाक्यले विधयेक तत्काल स्थगन गर्नु नै उपयुक्त हुने सुझाव दिएको उनको सचिवालय स्राेतले जनाएको छ ।

गुठी उपत्यकाका नेवारी समुदायको सामाजिक परम्परा र संस्कृतिसँग पनि जोडिएको विषय भएकाले तत्कालका लागि स्थगन गरेर सबै सरोकारवालासँग छलफल गरी अघि बढ्दा उपयुक्त हुने सुझाव दिएका छन् ।

‘गुठी उपत्यकाका नेवारी समुदायको परम्परा अनुसार जन्मदेखि मृत्युसम्म आवश्यक हुन्छ, मेयर शाक्यको बोली उध्रित गर्दै उनको सचिवालय स्राेतले भन्यो, ‘गुठी विधेयकको विषयलाई लिएर आन्दोलन चर्किरहेको छ । यस्तो बेलामा तत्कालका लागि स्थगन गरेर सबै सरोकारवालासँग छलफल गरी अघि बढ्दा उपयुक्त हुन्छ ।’

उक्त छलफलमा शाक्यले सकेसम्म फिर्ता लिने नभए स्थगन गरेर भए पनि समाधान गर्नुपर्ने धारणा राखेका छन् l

प्रतिक्रिया दिनुहोस्