Logo

प्रधानमन्त्री बोलेपछि मैले के बोल्ने : देउवा



Spread the love

३ असार, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाले संसद्मा सधैँ प्रधानमन्त्री ओलीलाई प्राथमिकता दिनुपर्ने बताएका छन् l

आजको प्रतिनिधिसभाको बैठक स्थगित भए पश्चात् सङ्घीय संसद् भवनमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै संसद्मा बोल्नका लागि पहिलो प्राथमिकता प्रमुख प्रतिपक्षी दललाई दिनुपर्ने प्रचलन नै भएको बताए ।

उनले भने, ‘विपक्षीले पहिले बोल्छ, जवाफ दिने प्रधानमन्त्रीले हो । पहिले प्रधानमन्त्री बोलेपछि मैले के बोल्ने ?’ आजको बैठकमा काँग्रेसको अवरोधकै कारण प्रधानमन्त्री रोस्ट्रममबाटै नबोली फर्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस्