Logo

प्रधानमन्त्रीले गरे सामाजिक सञ्जालमार्फत दुख व्यक्त



Spread the love

३ असार, काठमाडौँ l प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी नेपाली काँग्रेसले आज संसद्मा बोल्न रोकेकोमा दुःख प्रकट गरेका छन् ।

उनले सामाजिक सञ्जालमा ट्विट गर्दै भने, ‘‘प्रतिपक्षी नेकाले रोष्ट्रम घेरी अवरोध गरेका कारण मैले हालैको युरोप भ्रमण र गुठी विधेयक लगायतका समसायिक विषयहरूमा रहेको जनचासोका सन्दर्भमा सम्मानित सदनलाई आज जानकारी गराउन पाइन । यस घटनाबाट म दुःखी भएको छु ।’’

विपक्षी काँग्रेसका कारण हालैको युरोप भ्रमण तथा गुठी विधेयक लगायत समसामयिक विषयमा रहेको जनचासोबारे संसद्मा जानकारी गराउन नपाएको उल्लेख गर्दै आज साँझ ५ बजे सिंहदरबारमा पत्रकार सम्मेलन बोलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्