Logo

कसले पहिला बोल्ने भन्दै संसद् अवरुद्ध गर्नु गैरजिम्मेवार : भट्टराई



Spread the love

३ असार, काठमाडौँ l पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले कसले पहिला बोल्ने भन्दै संसद् अवरुद्ध गर्नुलाई गैरजिम्मेवार व्यवहार ठानेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आफ्नो संसदीय दलको नेतालाई पहिला बोल्न दिनुपर्ने भन्दै आजको प्रतिनिधि सभाको बैठक अवरोध भएपछि बाहिर निस्कने क्रममा भट्टराईले दुवै पक्ष नै गैरजिम्मेवार भएको बताएका छन् ।

सत्तापक्ष र प्रतिपक्ष दुवैको व्यवहार गैरजिम्मेवार ठान्दै उनले प्रतिनिधिसभा जनताको प्रतिनिधिहरूको जनताको हितमा राष्ट्रको हितमा सर्वोत्तम अभ्यास गर्ने एउटा थलो हो,प्रकृयात्मक ढङ्गले कसले अगाडि बोल्ने र कसले पछाडि बोल्ने भन्ने विषयमा यति बहुमूल्य समय खेर फाल्नु जनताको अभिमतको दुरुपयोग गरेको पनि बताएका छन् l

प्रतिक्रिया दिनुहोस्