Logo

सभापति देउवाद्वारा बझाङ जिप दुर्घटनाप्रति दुख व्यक्त



Spread the love

३ असार, काठमाडौँ l गत दिन बझाङको मष्टा गाउँपालिकामा जीप दुर्घटना परी ९ जनाको निधन भएको घटनाप्रति नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुःख प्रकट गरे ।

आजको एक शोक विज्ञप्तिमार्फत मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना देउवाले गरेका छन् l

हिजो बझाङको मष्टा गाउँपालिका–१ मा से१झ १०७२ नंको जीप दुर्घटना हुँदा ९जनाको मृत्यु हुनाका साथै चार जना गम्भीर घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्