Logo

देउवालाई देखेर चकित भए प्रधानमन्त्री ओली



Spread the love

३ असार, काठमाडौँ l  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी काँग्रेसका सभापति शेर बहादुर देउवालाई देख्दा चकित लागेको बताएका छन् ।

आजको प्रतिनिधि सभामा काँग्रेसको अवरोधका कारण बोल्न नपाएका ओलीले प्रधानमन्त्री कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।

विगतको समयदेखि नै लोकतान्त्रिक आन्दोलनमा सँगै लडेका मित्र शेर बहादुर देउवाले सांसदमा आफू अगाडी बोल्न नपाएको भनेर असभ्य व्यवहार देखाउँदा प्रधानमन्त्री चकित भएका छन् l

संसद्मा बोल्न नपाएका कारण नै पत्रकार सम्मेलनमा बोलेको भने नभएको स्पष्ट गरेका छन् । आजको सांसदमा देखाएको व्यवहारले प्रतिपक्षको मर्यादा घटाएको भन्दै लोकतन्त्र विरुद्ध षड्यन्त्र गरिरहेको पनि प्रधानमन्त्रीले आरोप लगाएका छन् l

प्रतिक्रिया दिनुहोस्