Logo

‘प्रतिपक्षको बल मिच्याइँ चल्दैन’



Spread the love

४ असार, काठमाडौँ । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्ष दलले भनेको सम्पूर्ण कुरा सरकारले नमान्नु पर्ने बताए । आजको प्रतिनिधिसभाको बैठकमा उनले प्रतिपक्षले बोल्यो भन्दैमा नडराउने बताएका छन् l

उनले भने, ‘मैले माग गर्ने हो । मेरो अरू पनि माग छ । डराइ हाल्नु पर्ने ? शेरबहादुरले माग्यो मैले दिनु पर्‍यो भन्ने ? प्रतिपक्षको कामै बोल्ने हो । दिने ठाउँमा त हामी छैनौँ नि ।’ संसद्मा पनि सत्ता पक्ष बोल्ने र प्रतिपक्ष सुनेर नै बस्नु पर्ने अवस्था आएको भन्दै उनले भने, ‘संसद् विपक्षीको हो । बोल्ने प्रतिपक्षले हो । सरकारले जवाफ दिने हो । भनाइ नै छ नि विपक्षी बोल्छ, सरकारले कार्यान्वयन गर्छ । अब यस्तो बल मिच्याइँ चल्दैन ।’

देउवाले गुठी विधेयक फिर्ता लिनु सकारात्मक भएको बताएका थिए । उक्त गुठी विधेयक भूमि व्यवस्था मन्त्रीले फिर्ता लिएको घोषणा गरे पश्चात् देउवाले भने ‘विधेयक सांसदमै फिर्ता लिइनु पथ्र्यो ।’

प्रतिक्रिया दिनुहोस्