Logo

संसदीय समितिद्वारा प्रस्तावित चार देशका राजदूत विरुद्ध उजुरी आह्वान



Spread the love

४ असार,काठमाडौँ l संसदीय सुनुवाइ विशेष समितिले सरकारद्धारा प्रस्तावित विभिन्न ४ देशका राजदूतहरूको सुनुवाइ प्रक्रिया सुरु गरेको छ ।
संसदीय सुनवाई विशेष समितिको आज बिहान बसेको बैठकले राजदूत प्रस्तावित चारजना विरुद्ध कुनै उजुरी गर्न १० दिनको समय दिने निर्णय गरेको नेकपाका सांसद योगेश भट्टराईले जानकारी दिए ।

सरकारद्धारा प्रस्तावित राजदूतहरू अष्ट्रलियाका लागि महेश दाहाल, कतारका लागि नारद भारद्वाज, स्पेनका लागि दावाफुटी शेर्पा र बंगलादेशका लागि डा वंशीधर मिश्रको सुनुवाइका लागि उजुरी आह्वान गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्