Logo

३३ किलो सुन प्रकरण, ५ न्यायाधीशविरुद्ध कारबाही सिफारिस



Spread the love

४ असार, काठमाडौँ l सनम शाक्य हत्या प्रकरण र साढे ३३ किलो सुन तस्करी काण्ड सम्बन्धी मुद्दामा ५ न्यायाधीश विरुद्ध कारबाही सिफारिस गरिएको छ ।

उक्त मुद्दामा न्यायिक विचलन भएको आशंकामा छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदनमा उच्च अदालत विराटनगरका तत्कालीन पाँच न्यायाधीशविरुद्ध कारबाही सिफारिस गरिएको छ ।

गत दिन न्याय परिषदमा छानबिन प्रतिवेदनमाथि छलफलका लागी बैठक बसेको थियो l उक्त बैठक प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको निर्देशनअनुरूप डाकिएको हो l

गत चैत्र २५ गते परिषद्ले विस्तृत जाँचबुझका लागि सर्वोच्च अदालतका न्यायाधीश केदारप्रसाद चालिसेको संयोजकत्वमा न्यायाधीहरु मीरा खड्का र विश्वम्भरप्रसाद श्रेष्ठ सदस्य रहेको तीन सदस्यीय छानबिन समिति बनाएको थियो ।

चालिसे समितिले अघिल्लो साता प्रधानन्यायाधीशसमक्ष प्रतिवेदन बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्