Logo

‘कागजी श्रम सम्झौता गरेर मात्र नहुने’



Spread the love

४ असार, काठमाडौँ l सरकारले नेपाली कामदारहरूका गन्तव्य मुलुकहरूसँग कागजी सम्झौता गरेर मात्र नहुने श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डा. डिला संग्रौलाले बताएकी छन् l

आजको प्रतिनिधिसभा बैठकमा आफ्नो मन्तव्य राख्दै उनले सरकारद्वारा वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनका लागि कागजी श्रम समझदारीलाई मात्र नभएर कार्यान्वयनमा जोड दिनुपर्ने बताएकी हुन् l

उनले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरूको अवस्था निकै कठिनीय रहेकाले त्यस्ता विकराल परिस्थिति सिर्जना हुन नदिन सरकारले ध्यान दिनुपर्ने भन्दै वैदेशिक रोजगारीका लागि पलायन हुने युवाहरूलाई देशभित्रै परिचालन गर्न स्वदेशमै व्यापार व्यवसाय विकासमा जोड दिनुपर्ने उल्लेख गरेकी छन् l

सरकारले चालू आर्थिक वर्षमा स्वदेशमै ५ लाख युवाहरूलाई रोजगारी दिलाउने भनिएता पनि कार्यान्वयनमा ल्याउन नसक्नु दुःखद् पक्ष रहेको टिप्पणी गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रममा पनि अनियमितता भइरहेको आरोप उनले लगाएकी छन् l

प्रतिक्रिया दिनुहोस्