Logo

लोकसेवाको विज्ञापन नरोके मधेश आन्दोलनको चेतावनी



Spread the love
 

४ असार, काठमाडौँ l राजपाका सांसद लक्ष्मणलाल कर्णले लोकसेवा आयोगले प्रकाशित गरेको विज्ञापन नरोके मधेस आन्दोलन गर्ने चेतावनी दिएको छ ।

कर्णले संसद्मा महत्त्व समय लिएर बोल्दै विज्ञापन नरोके चौथो मधेस आन्दोलन हुने चेतावनी दिएका हुन् । उक्त लोकसेवाको विज्ञापन समावेशी र समानुपातिक नभएका कारण रोक्नु पर्ने कर्णले बताए l

उनले भने,‘विज्ञापन नरोके संसद् छाडेर चौंथो मधेस आन्दोलनमा जान्छौं ।’ देशमा बारम्बारता आन्दोलन गर्नुपरेको भन्दै सरकारले संविधान बमोजिमको कार्य नगरेर संविधानलाई मज्जाक बनाएको बताएका छन् l

प्रतिक्रिया दिनुहोस्