Logo

अनुमतिविना स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्न प्रतिबन्ध



Spread the love

५ असार, काठमाडौँ l सरकारले विनाअनुमति स्थानीय तहमा कुनै पनि कार्यक्रम सञ्चालन नगर्न गैरसरकारी संस्थाहरूलाई प्रतिबन्ध लगाउने भएको छ ।

अनुमतिविना कुनै पनि गैरसरकारी संस्थाहरूलाई छुट्टै कार्यक्रम सञ्चालन गर्न प्रतिबन्ध लगाउन लागिएका सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जानकारी दिएका छन् ।

सरकारसँग सहकार्य गरेर मात्रै स्थानीय तहमा गैरसरकारी संस्थाहरूले आफ्नो कार्यक्रम सञ्चालन गर्न सक्ने पण्डितको भनाइ छ ।

स्थानीय तहको क्षमता अभिवृद्धिका लागि आयोजित अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले स्थानीय तहमा जनताको सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउने गरी ‘स्थानीय सरकार सञ्चालन ऐन’ परिमार्जन गर्ने बताएका छन् । स्थानीय तहलाई जनताको कामप्रति जवाफदेही बनाउन सरकारले सो ऐन परिमार्जन गरेर अघि बढ्ने निष्कर्ष निकालेको पनि स्पष्ट पारे ।

कार्यक्रममा बोल्दै स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पीतकुमार श्रेष्ठले स्थानीय तहको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम विस्तार गर्नका लागि आवश्यक रणनीति तय गर्न यो सम्मेलन आयोजना गरिएको प्रकट गरेका छन् l

प्रतिक्रिया दिनुहोस्