Logo

‘मन्त्रिमण्डल पुनर्गठनबारे छलफल हुँदै’



Spread the love

५ असार, काठमाडौँ l पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले (प्रचण्ड) बजेट पारित भएसँगै मन्त्रिमण्डल पुनर्गठन हुने बताएका छन् ।

बिहीबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै दाहालले केही मन्त्रीहरू हेरफेर गर्न प्रधानमन्त्री केपी ओलीसँग छलफल भइरहेको बताएका हुन् ।

प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भइरहे राखेता पनि यो प्रधानमन्त्रीको क्षेत्राधिकार भित्र पर्ने भएकाले उनले चाहेको बखत मात्रै पुनर्गठन हुने जानकारी दिएका छन् ।

स्वयम् नै पार्टीको अध्यक्ष भएकाले बजेटपछि सरकार केही न केही पुनर्गठन गर्नुपर्छ भन्ने कोणबाट छलफल भएको प्रचण्डले बताए ।

गुठी विधेयकमा जनताको असन्तोष देखिएकै कारण विधेयक फिर्ता लिइएको बताउँदै विधेयक सम्बन्धी सबैलाई समयमै सम्झाउनु नसक्नु र विधेयक निर्माणका क्रममा सरोकारवालासँग परामर्श नगरिनुको परिणाम अहिलेको अवस्था भएको प्रचण्डले बताए l

सम्पूर्ण गुठीलाई एकै स्थानमा राखेर हेर्न नमिल्ने तर्क उनको रहेको छ l

प्रतिक्रिया दिनुहोस्