Logo

काभ्रेपलाञ्चोकमा विद्याथीहरुलाई पोशाक र शैक्षिक सामग्री वितरण



Spread the love

 

५ असार, काभ्रेपलाञ्चोक l काभ्रेपलाञ्चोकमा विद्यालयका विद्याथीहरुलाई विद्यालय पोशाक, शैक्षिक तथा खेलकूदका सामग्री वितरण गरिएको छ ।

उक्त वितरण काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ पार्थलीमा रहेको सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई आयोजनामा विद्यालय पोशाक, शैक्षिक तथा खेलकूदका सामग्री वितरण गरिएको हो l

विद्यालयका व्यवस्थापन समिति अध्यक्ष तेज केसीका अनुसार क्लबको आयोजनामा विद्यालयका २०० विद्यार्थीलाई ट्रयाक–सुट, कक्षा १ देखि १० सम्मका प्रथम, द्धितीय र तृतीय भएका विद्यार्थीलाई स्टेशनरी तथा खेलकूद सामग्री वितरण गरेका हुन् ।

आदिवासी जनजाति समुदायको बाहुल्यता रहेको विद्यालयका विद्यार्थी जसमा केही अभिभावकले पोशाकसमेत खरिद गरी उपलब्ध गराउन नसकेको अवस्था रहेकोमा शिक्षकहरूको अनुरोधमा लायन्स क्लब अफ काठमाडौँको आयोजनामा विद्यालय पोशाक र शैक्षिक सामग्री उपलब्ध गराएको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीले बताए l उक्त सामग्री वितरणले विद्यालयका शैक्षिक विकासमा थप सहयोग पुर्‍याएको छ l

प्रतिक्रिया दिनुहोस्