Logo

‘प्रधानमन्त्रीले बोलेको कुराले उपत्यकावासी आक्रोशित’



Spread the love

५ असार, काठमाडौँ l प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदले गुठी विधेयक फिर्ता भए पश्चात् आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकावासीलाई मूर्ति चोर भनेकोमा आप्तित जनाए l

आजको प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद राजन केसीले पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले बोलेको कुराले उपत्यकावासी आक्रोशित भएको बताए ।

‘गुठी विधेयक फिर्ता लिएको छ, ढिलै भए पनि सरकारको सद्भुद्धि पलाएको छ,’ केसीले भने, ‘प्रधामनन्त्रीले जुन शब्द भन्नुभयो, मुर्ति चोरदेखि अनेक लाल्छना लगाउनुभयो त्यसले उपत्यकाबासी अत्यन्तत दुःखी भएका छन् ।’

केसीले सरकारवालाहरूलाई बोलाएर विधेयक फिर्ता भएता पनि जनताले अझै विश्वास नगरेको भन्दै गुठी विधेयक व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्