Logo

‘श्रीपेच लगाएको पार्टीले कानुन मान्नु पर्दैन?’



Spread the love

५ असार, काठमाडौँ l सत्तारुढ नेकपाका सांसद योगेश भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई रिसाएको बिरालोले झैँ प्रस्तुत भएको बताए ।

आज बसेको प्रतिनिधिसभा बैठकमा सहभागी लिँदै उनले सभामुखको आदेश नमानेको आरोप लगाउनका साथै कानुन कम्युनिस्टलाई मात्र लाग्ने, दुनियाँले प्रजातन्त्रवादीको श्रीपेच लगाइदिएको पार्टीलाई कानुन नलाग्ने हुन नसक्ने पनि बताएका छन् ।

भट्टराईले भने, ‘मलाई त लागेको थियो कि काँग्रेसले संसद्मा जे भयो, त्यसमा आत्मालोचना गर्ला । तर, भोलिपल्ट आएर रिसाएको बिरालोले खाँबो चिथोरे जस्तो ढङ्गले प्रस्तुत हुन थाल्नुभयो ।’

देउवा बेलायतमा पढेर पनि असंसदीय चरित्र देखाएको टिप्पणी गर्दै उनले भने, ‘विश्वविद्यालय धेरै जानुपर्ने भएकाले होला । बेलायतको संसदतिर जान फुर्सद भएनछ । त्यस कारण बेलायतको संसदीय अभ्यास के थियो भन्ने शायद कम जानकारी भयो होला ।’

प्रतिक्रिया दिनुहोस्