Logo

‘गुठी विधेयक फिर्ता हुँदा भूमिहीनको भावनामा ठुलो ठोस पुग्यो’



Spread the love

५ असार, काठमाडौँ l गुठी विधेयक फिर्ता हुँदा गुठी पीडितको भावनामा ठेस पुगेको सत्तारुढ नेकपाका सांसदले बताएकी छन् ।

बुधवार प्रतिनिधिसभाको बैठकमा सहभागी लिँदै चौधरीले सरकारले ल्याएको गुठी विधेयक फिर्ता लिनाले भूमिहीन, जोताहा किसानको भावनामा ठुलो ठेस पुगेको बताइन l

उनले भनिन् ‘गहभरि आँसु लिएर ठेला परेका हात, चिरा परेका गोडा लिएर भोकभोकै ठुलो खुला मैदानबाट लाखौँ भूमिहीन, गुठी पीडित किसानले भन्दै थिए, सरकार तिमीलाई धन्यवाद छ । हाम्रो निम्ति कम्युनिस्ट सरकार छ ।’

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले गरिब दुखीहरूको खुसी देख्न नसकेर गुठी विधेयक सम्बन्धी भ्रम छरेर विधेयक फिर्ता गराएको आरोप चौधरीले लगाएकी छन् l

गत मङ्गलवार भूमि व्यवस्था मन्त्री पदमा अर्यालले उपत्यकाका सरोकारवालाको दबाबपछि गुठी विधेयक फिर्ता लिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्