Logo

‘प्रधानमन्त्री ओलीको कार्यशैली सही भएन’



Spread the love

५ असार, काठमाडौँ l प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली सही नभएको प्रतिपक्ष नेपाली काँग्रेसका उपनेता विजयकुमार गच्छदारले बताए l

आजको प्रतिनिधिसभा बैठकमा बोल्दै गच्छदारले गुठी विधेयक अचानक ल्याउने र फेरी फिर्ता लिने जस्ता कार्यले गर्दा प्रधानमन्त्रीको कार्यशैली प्रति प्रश्नचिन्ह उठेको बताए l

उक्त बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको खर्च कटौतीको प्रस्ताव राख्दै गच्छदारले संविधान विपरीत विधेयक ल्याएकाले नैतिक जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने बताएका छन् l

प्रतिक्रिया दिनुहोस्