Logo

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता



Spread the love

६ असार, काठमाडौँ l सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि हुँदैछ ।

तर, सो बैठकको अघिल्लो दिन शुक्रवार नै प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच ‘प्रचण्ड’ महत्वपूर्ण भेटवार्ता हुने भएको छ ।

स्रोतकाअनुसार शुक्रबारको भेटवार्तामा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीसँग पार्टी एकता र सरकार सञ्चालन सम्बन्धी छलफल गर्ने तयारी गरेका छन् ।

पार्टी नेतृत्व सम्बन्धी कडा आलोचना भइरहेको बखत अध्यक्षद्धयबीच हुन लागेको छलफललाई महत्वका साथ हेरिएको छ । प्रचण्डनिकट एक नेताले भने,‘आज ओली र प्रचण्डबीच आमने सामने हुन्छ । उहाँहरुबीच सबै विषयमा गहन छलफल हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्